रामेछाप । साउन ७ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न अभियान संचालन गरिएको छ । बजार क्षेत्रको ट्राफिक व्यवस्थापन गरी सवारी दुर्घटना हुन नदिन मन्थली नगरपालिका , जिल्ला ट्राफिक कार्यालय रामेछाप र तामाकोसी ढुवानी सेवा समिति रामेछापले विभिन्न सचेतनामूलक अभियान संचालन गरेका हुन् । 
यो अभियान अन्र्तगत सोमबार बजार क्षेत्रको विभिन्न स्थानमा ट्राफिक नियम र सवारी संग सम्बन्धीत विभिन्न सांकेतिक चिन्ह्हरु राखिएको छ । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक अमरेन्द्र बहादुर सिंह , मन्थली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठ , तामाकोशी ढुवानी सेवा समिति रामेछापका अध्यक्ष नविन कार्की लगाएतले बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक चिन्ह्हरु राखेका हुन् ।
कार्यमक्रममा सरोकारवालाबिच मन्थली बजार क्षेत्रमा कुनैपनि सवारी साधन २० भन्दा बढि गतिमा संचालन गर्न नपाउँने , प्रेसर हर्न बजाउन नपाउँने गरी यसअघि गरिएको निर्णयलाई कढाइकासाथ लागु गर्ने निर्णय भएको तामाकोशी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले जानकारी दिए । मन्थली बजार सानो भएपनि निकै व्यस्त हुने भएकाले संभावित घटनालाई ध्यानमा राखेर आफुहरुले विभिन्न स्थानमा चेतनामूलक विभिन्न ट्राफिक चिन्ह र होर्डिङ बोर्डहरु राखिएको उनको भनाई छ ।
सवारी दुर्घटना कम गर्न रामेछापमा ट्राफिक नियम सम्बन्धी यस्तो अभियान
- प्रकाशित मिति: सोमबार, साउन ७ २०७५
- तामाकोसी खबर