शिक्षकहरुको मागबारे रामेछाप सदरमुकाम मन्थलीमा सामाजिक बहस

  • प्रकाशित मिति: शनिबार, साउन ५ २०७५
  • तामाकोसी खबर

रामेछाप । साउन ५ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शिक्षकको मागबारे सामाजिक बहस कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिक्षक महासंघ रामेछापको आयोजनामा भएको कार्यक्रममा शिक्षक महासंघका सचिव रामकृष्ण श्रेष्ठले २७ वँुद्दे मागपत्र सार्वजनिक गरेका छन् । सो मागपत्रमा शिक्षक पेशालाई राज्यले उचित सम्मान नदिएको , स्थानीय तहले शिक्षकहरु माथि जथाभावि कारवाही गरेको भन्दै संघिय प्रदेश र स्थानीय तहमा शिक्षक काउन्सील स्थापना गर्नुपर्ने , नियुक्ति , सरुवार र बडुवामा विशेष ध्यान दिनुपर्ने लगाएतका माग गरिएको छ ।
शिक्षक महासंघ रामेछापका अध्यक्ष राम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रष्ठ , नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु बस्नेत , नेता विनोद कार्की , जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मुकुन्द केशरी पोखरेल , नेपाल बार यसोसियसन रामेछापका अध्यक्ष पाण्डव प्रसाई , नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायत शिक्षकका विभिन्न संघसंगठनहरुका प्रतिनिधिहरुले बोलेका थिए ।