रामेछाप । असार १५ गते
शुक्रबार राष्ट्रिय धान दिवस देशभर जस्तै रामेछापमा पनि दहि चिउरा खाएर विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संस्था र कृषि क्षेत्रसंग सम्बन्धित निकायहरुले जिल्लामा विभिन्न कार्यक्रम गरेका गरेका छन् । नेपाली किसानले असार १५ लार्ई मानो रोपेर मुरी फलाउने दिनका रूपमा लिने गरेका छन् ।
नेपालमा २०६२ देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । असार १५ लाई रोपाई महोत्सव र दही चिउरा खाने दिनका रुपमा लिने गरिन्छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ ।
तराईको कुल भूभागको करिब ७० प्रतिशत पहाडी क्षेत्रको कूल भूभाग मध्ये करिब २६ प्रतिशत र हिमाली क्षेत्रको कूल भूभाग मध्ये करिब पाँच प्रतिशत जग्गामा धानबाली हुने गरेको छ ।
राष्ट्रि धान दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय रामेछापको आयोजनामा धान रोपाई कार्यक्रमको आयोजना गरेको छ । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १३ देवीटारमा भएको धानरोपाई कार्यक्रम मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत सहित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । यस्तै रामेछापको दोरम्बा गाउपालिकामा पनि रोपाइ महोत्वको आयोजना गरी धान दिवस मनाइएको छ भने गोकुलगंगा गाउपालिकाले पनि रोपाइ कार्यक्रमको आयोजना गरी मनाएको छ ।
रामेछापमा यसरी मनाइयो राष्ट्रिय धान दिवस
- प्रकाशित मिति: शुक्रबार, असार १५ २०७५
- तामाकोसी खबर