संखुवासभा । असार १४ गते,
संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबारे भीरमा दुम्सी खेद्ने क्रममा विहिबार बिहान भीरको दुलामा छिरेका ५ जनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात रहेको छ ।
सोही कार्यमा संलग्न भई बेहोस अवस्थामा भेटिएका बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ । हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।
दुम्सीको दुलामा पसेका ४ जना बेहोस, एक वेपक्ता
- प्रकाशित मिति: बिहिबार, असार १४ २०७५
- तामाकोसी खबर