निमावी र मावीको दुबै तहमा गरी २७ सय ४३ पदका शिक्षक विज्ञापन खुल्यो (विज्ञापन सहित)

  • प्रकाशित मिति: शुक्रबार, असार १ २०७५
  • तामाकोसी खबर

काठमाडौं,काठमाडौं,असार १ गते ।

शिक्षक सेवा आयोगले प्रावि तहको खुला विज्ञापन गरेको भोलिपल्ट निम्न माध्यमिक तथा माध्यमिक तहका लागि खुलातर्फको विज्ञापन खुलाएको छ ।
प्रमुख प्रकासकीय अधिकृत डा तुलसीप्रसाद थपलियाका अनुसार आयोगले दुबै तहमा गरी २७ सय ४३ पदका लागि विज्ञापन खुलाएको हो ।



आयोगले बिहीबार प्राथमिक तहमा ९ हजार ९९६ पदका लागि खुला विज्ञापन खुलाएको भोलिपल्ट निमावी र मावी तहका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार निमावी तहमा १ हजार ६३५ र माध्यमिक तहमा १ हजार १०८ पदका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार यही असार ३१ गतेसम्म फारम भर्न सकिने छ । निमावी तहको परीक्षा असोज १२ र माध्यमिक तहको परीक्षा असार ११ गते हुने आयोगले जानकारी दिएको छ ।