तामाकोसी सहकारी अस्पताललाई उपकरण सहयोग

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २८ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी सहकारी अस्पताललाई द लिटल थिङ्स नामको संस्थाले विभिन्न उपकरणहरु सहयोग गरेको छ । संस्थाले इण्डोस्कोपी र इसिजिका मेशिन उपरकरण सहयोग गरेको अस्पतालका निर्देशक डाक्टर सुमन कर्माचार्यले जानकारी दिए । प्रोफेसर डाक्टर सत्यन राजभण्डारीको निर्देशनमा हेक्सेन नेपाल, द लिटिल थिंग्स युकेको आर्थिक तथा सक्रिय सहयोग र धिरज थपलियाको सहयोगबाट ती सामाग्रिहरु अस्पताललाई प्राप्त भएका हुन् । अस्पताललाई इको, इण्डास्कोपी र टिएमटि मेशिन प्राप्त भएको डाक्टर कर्माचार्यले बताए ।
सोमबार सदरमुकाम मन्थलीमा तामाकोसी सहकारी अस्पतालमा आयोजित एक कार्यक्रममा ती उपकरणहरु अस्पताललाई हस्तान्तरण गरिएको हो । उपकरण हस्तान्तरण गरेसँगै सोमबारबाट नै अस्पतालमा इसिजि तथा इण्डोस्कोपी सेवा सञ्चालनमा आएको छ । सेवाको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का र मन्थली नगरपालिका प्रमुख रमेश वस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै खड्काले नयाँ सेवाले स्वास्थ्य सेवामा थप सहयोग पुग्ने बताए । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नरपालिकालाई शिक्षाको केन्द्रको रुपमा विकसित गर्ने योजना रहेको बताए ।
दातृसंस्थाको तर्फबाट द लिटल थिङ्सका राथले सहयोग गर्न पाउँदा खुसि लागेको बताए । कार्यक्रम तामाकोसी सेवा समितिका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो । सो सेवा हरेक महिनाको अन्तिम शनिबार सञ्चालन गर्ने डाक्टर कर्माचार्यले बताए । ती सेवा सञ्चालनको लागि डा. मधु घिमिरे, डा. भुपेन्द् बस्नेत, डा अरूण मास्के, डा धन बहादुर रानामगर, डा मनोज श्रेष्ठ लगायतका बिशेषज्ञहरूले सहयोग गर्ने बचन दिएको कर्माचार्यले बताए ।