रामेछाप । जेठ २४ गते, नबराज पथिक,
लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ४० वर्षिय खेटराज घिमिरेलाई सोही गाउँपालिका –२ सैपुका ६५ वर्षिय मेघनाट पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना ४ दिन पछि सार्वजनिक भएको छ । घिमिरे एक घण्टासम्म नाङ्गै हिँड्न बाध्य भएका थिए । घिमिरेले २०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भुकम्पको लाभग्राहीको दोस्रो किस्ता रकम आएपछि पैसा तिर्ने भाखा राखेका थिए ।
भूकम्पको पैसा निकासामा ढिलाई भएपछि पौडेलले तत्काल पैसा दिनु पर्ने भन्दै दवाव दिएपछि घिमिरेले गाईन फिर्ता लिएर गएका थिए । गाई फिर्ता लिएर पौडेलको घरमा पुगेका घिमिरेलाई पौडेलले अन्य मानिसहरुको समेत सहयोग लिएर कुटपीट गरी लुगा च्यातेर नाङ्ेझार बनाएका थिए । उनी करिव एक घण्टाको बाटो नाङ्गै भागेर घर पुगेका थिए । घटनापछि पीडितले घटना भएकै दिन जेठ २० गते दिन वडा कार्यालय दुराउँमा निवेदन दिएकोमा जेठ २२ गते वडाकार्यालायमा मेलमिलापकर्ताहरु बसि छलफल भएको थियो । तर त्यहाँ समस्या समाधान नभएपछि जेठ २३ गतेमात्र घटना सार्वजनिक भएको हो ।