रामेछाप । जेठ १९ गते,
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको छैठौ जिल्ला अधिबेशनको उद्घाटनसत्र सकिएको छ । संस्थाका कार्यबहाक अध्यक्ष गोपाल नेपालीको अध्यक्षता र नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । 
कार्यक्रमका विशिष्ट अतिथि एवं मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले सिलाई व्यवसायीहरुलाई आफ्नो व्यवसाय संचालन गर्दा सरकारको मापदण्डलाई ध्यान दिन आग्रह गरे । धेरै व्यवसायीहरुले आवश्यक मापदण्ड पुरा नगरी व्यवसाय गरेकाले समस्या हुने गरेको उनको भनाई छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायीसंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले रामेछापका सिलाई व्यवसायीहरुलाई कटिवद्ध भएर व्यसाय संचालन गर्न आग्रह गरे । उनले बजारमा दक्ष कालिगडहरुको अभावका कारण सिलाई व्यवसायीहरुले सोचे अनुरुप सेवा दिन नसकेको बताए । संघमा आवद्ध व्यवसायीहरुलाई तालिमको आवश्यकता परेमा केन्द्रले सहयोग गर्ने उनको भनाई छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रामेछापको छैठौ जिल्ला अधिवेशन
- प्रकाशित मिति: शनिबार, जेष्ठ १९ २०७५
- तामाकोसी खबर