रामेछाप । जेठ १८ गते,
दोलखा जिल्लाको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार र समग्र मानवअधिकारको अवस्थाको बारेमा चरिकोटमा सरोकारवाला बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको सो छलफल कार्यक्रम जिल्ला मानवअधिकार समुह दोलखाका अध्यक्ष एवं हुराडेक दोलखाका अध्यक्ष होम पाठकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमेश्वर नगरपालिकाका विभिन्न वडामा रहेका नागरिक निगरानी समुहका पदाधिकारीहरुले अहिले पनि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायकहरुको भुमिका नागरिक अपेक्षा अनुसार प्रभाकारी हुन नसकेको बताएका थिए । उनीहरुले आपूmहरुको पहलमा यी क्षेत्रमा केही सुधार भने आएको बताए ।
कार्यक्रमा इन्सेक केन्द्रिय कार्यालयका प्रशासन प्रमुख प्रेम पराजुलीले नागरिकहरुको नीगरानीले उथलपुथल हुने गरि परिवर्त नहुने भए पनि सेवा प्रदायकलाई केहिन केही जिम्मेवार बनाउन सहयोग गर्ने बताए । इन्सेक काठमाडौँ कार्यालयका संयोजक एवं गैसस महासंघ नेपालका उपाध्यक्ष कृष्ण गौतमले सेवा प्रदायकलाई उत्तरदायी बनाउन मानवअधिकार अनुगमन जरुरी रहेको बताए । मानवअधिकार समुह दोलखाका संयोजक होम पाठकले नागरिक अधिकारलाई स्थापीत गराउने विषय निरन्तर प्रक्रिया भएको बताए । कार्यक्रममा दोलखा जि ल्लाका मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।