काठमाण्डौं । जेठ १७ गते,
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले गएको वर्षभन्दा यसवर्ष नतिजा केही दिन ढिला हुने बताए । गएको वर्ष असार २ गते नतिजा प्रकाशित गरेको कार्यालयले यस वर्ष भने असारको दोश्रो सातामा मात्रै नतिजा प्रकाशित गर्ने तयारी गरेको बताए । नतिजा प्रकाशन छिटो गर्ने प्रयास भए पनि परिक्षा नियन्त्रक कार्यालयमा समेत यस वर्ष नयाँ कर्मचारी आएकाले संपरीक्षण लगायतका कार्यमा ढिलाई हँुदै गएकाले नतिजा ढिलाई हुने भएको हो । परिक्षा गएको चैत ८ गतेबाट सुरु भई १७ गते परीक्षा सम्पन्न भएको थियो ।
एसईईको नतिजा असार दोश्रो साता आउने
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १७ २०७५
- तामाकोसी खबर