सिन्धुलीको खाल्टेमा एकदिने निशुल्क स्वास्थय शिविर

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ५ २०७५
  • तामाकोसी खबर

सिन्धुली । जेठ ५ गते,
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ खाल्टेमा एकदिने निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरको खाल्टेमा संचालित आत्मीय सामुदायिक अस्पतालले आयोजना गरेको हो । ४ सय १८ जनाले स्वास्थ्य परिक्षण गराएको शिविरमा भिडियो एक्स–रे, स्त्री तथा प्रसुतीरोग, हडजोर्नी, छालारोग,मधुमेह, तथा रक्तचाप लगाएतको जाँच र पराकर्श गरिएको आत्मीय सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्जीब केसीले बताए ।
कार्यकारी निर्देशक केसीका अनुसार शिविरमा निशुलक ई.सि.जि सेवा समेत प्रदान गरिएको थियो । कार्यकारी निर्देशक केसीले आत्मीय सामुदायिक अस्पतालले आगामी दिनमा यस्ता स्वास्थ्य शिविरहरुलाई निरन्तरता दिदै जनो बताए । पैसा अभावकै कारण रोग पालेर बस्न बाध्य ग्रामिण क्षेत्रका नागरिकहरुलाई आफुहरुले संचालन गर्ने निशुल्क शिविरले प्रत्यक्ष स्वास्थ्य लाभ पुग्ने केसीको भनाई छ । यस्ता स्वास्थ्य शिविरलाई अबको दिनमा गाउँगाउँमा पुर्याउने आफुहरुको योजना रहेको उनको भनाई छ । शिविरमा टिचिङ अस्पताल महारगन्ज काठमाण्डौका रेडियो लजिष्ट डा. रन्जीत कुमार चौलागाई र डा. प्रज्वल ढकाल नेततृत्वको टोलीले चेकजाच गरेका थिए ।