सिन्धुली । जेठ ५ गते,
सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् ।
गोलेले खाना पस्कने पन्युले झटारो हान्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले सदैव मदिरा सेवन गरी झै(झगडा गर्ने गरेको परिवारका अन्य सदस्यले बताएका छन् । शुक्रबार दिउँसो घटना भएको प्रहरीले बताएको छ । शुक्रबार गोलेले श्रीमतीसँग मदिरा सेवन गर्न रु २०० मागेको र श्रीमती सुपरानीले दिन नमान्दा सामान्य झगडा भएको परिवारले बताएको छ ।
रक्सी किन्न पैसा नदिएपछि पन्युले हानेर श्रीमतीको हत्या
- प्रकाशित मिति: शनिबार, जेष्ठ ५ २०७५
- तामाकोसी खबर