“खोलाले बगाएर कोसीमा पुर्‍याउदा मैले कसैको कपाल भेटेको थिएँः मलाई लाग्छ त्यो कपाल हराइरहेकी मेरी साथी उस्मा फुँयालको हुनुपर्छ”: प्रियाङका श्रेष्ठ

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेष्ठ २ गते,
रामेछापको सदरमुकाम मन्थलीमा खोलाले बगाएर वेपत्ता भएकी उष्मा फुयाल अझै भेटिएको छैन ।

भिषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ वजेदेखी वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।



बेपत्ता फुँयालसंगै खोलाले बगाएर तामाकोसीमा पुगेर सकुशल फर्कन सफल प्रियाङका श्रेष्ठ भने आफुले साथीलाई हिलोमा बगेको बेलामा कपाल भेटेको बताउछ । उनले भने “खोलाले बगाएर कोसीमा पुर्‍याउदा मैले कसैको कपाल भेटेको थिएँः मलाई लाग्छ त्यो कपाल अहिले हराइरहेकी मेरी साथी उस्मा फुँयालको हुनुपर्छ ।” बाँकी जानकारी भिडियो हेर्नुहोला ।