रामेछाप, जेष्ठ १ । स्थानिय स्तरको समाचारहरुलाई प्राथमिकता दिने उदेश्यले सञ्चालित तामाकोसी अनलाइनले अब तामाकोसी सम्वाद (अनलाइन टिभि) पनि सञ्चालन गर्ने प्रयास गरेकोे छ ।
प्रविधिको विकाससंगै आएको परिर्वतन संग अनलाइन पत्रकारितालाई पनि ब्यवस्थित गर्ने उदेश्यले तामाकोसी अनलाइन सम्वाद स्तम्भ (अनलाइन टिभि) को आबश्यकताको महशुस सञ्चालक समितिले गरेको छ । तामाकोसी सम्बादको पहिलो अंकमा सुनापति गाउपालिका वडा नं. १ (साविकको गुन्सि गाविस) का वडाध्यक्ष चण्डेश्वर चौलागाइसंगको सम्बाद छ ।
आफु निर्वाचित भए पश्चात आफ्नो वडामा के के परिवर्तन भयो ? के के हुन जरुरी छ ? अहिलेको अबसर र चुनौति संगै अबको कार्ययोजना सहित यो सम्बाद हेर्नुहोला ।