रामेछाप । वैशाख २६ गते ,
मंगलबार विहानदेखी हराएका रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् । मंगलबार विहान ८ः३० बजेबाट बेपत्ता खत्रीको बुधवार विहान वडा नम्बर ५ प्रीतीकै बसेरी चिलाउने भन्ने ठाउँमा लाश भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए । 
वडा अध्यक्ष खत्रीको लाश बुधबार बिहान ९ बजे भेटिएको भएपनि लाश भएको ठाउँ धेरै अप्ठेरो भएको कारण प्रहरीले अपरान्ह मात्रै लाश निकालेको थियो । घटनाको प्रकृति हेर्दा वडाध्यक्ष खत्रीले खोलामा हाम फालेर आत्माहत्या गरेको हुन सक्ने प्रहरी निरिक्षक थापाले बताए । वडाध्यक्ष खत्रीको लाशलाई पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याउने तयारी भेरहेको प्रहरीले जनाएको छ ।
मृत भेटिएका वडा अध्यक्ष खत्री मंगलबार विहान गाउँपालिका सदस्यलाई समेत वैठकमा जानु पर्छ भनि खबर गरी घरबाट हिडेका थिए । खत्रीको मोटरसाइकल , कोट , जुत्ता र डायरी मंगलबारै घरभन्दा तल लिखँु खोलाको किनारमा फेला परेको थियो । मृत भेटिएका खत्री नेकपा एमालेबाट निर्वा्चित वडा अध्यक्ष हुन् ।
मृत भेटिएका वडा अध्यक्ष खत्रीले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका
- प्रकाशित मिति: बुधबार, बैशाख २६ २०७५
- तामाकोसी खबर