रामेछाप । वैशाख २० गते,
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेशका सबै जिल्लाको सदरमुकामदेखी गाउँपालिका केन्द्र सम्मको सडक पिच हुने बताएका छन् । यो संगै सबै जिल्लाका नगरपालिकाको केन्द्रदेखी वडा केन्द्रसम्मको सडक पिच आर्थिक बर्ष २०७५÷७६ बाटै सुरु हुने मन्त्री ढुंगेलको भनाई छ ।
विहिबार रामेछाप सदरमुकाम मन्थलीमा चालु र आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम निर्माण बिषयक जिल्लागत अन्तरक्रिया एवं तथ्याङक संकलन कार्यक्रममा मन्त्री ढुंगेलले यस्तो बताएका हुन् । उनले जनप्रतीनिधिहरुको कामलाई जनताले सि.सि क्यामेराले झै निगरानी गरिरहेकाले ईमान्दारिता र सुशासनलाई ख्याल गरेर काम गर्न नगरपालिका तथा गाउँपालिकाका निर्वार्चित पदाधिकारीहरुलाई आग्रह गरे ।
मन्त्री ढुंगेलले रामेछापको सदरमुकाम आसपासमा एउटा ठुलो कोल्ड स्टोरको काम पनि प्रदेश सरकारले आगामी आर्थिक बर्षवाटै सुरु गर्ने बताए । जिल्ला समन्वय समिति रामेछापसंगको समन्वयमा आर्थिक मामिला तथा योजना मन्त्रालय तीन नम्बर प्रदेशले आयोजना गरेका कार्यक्रममा प्रदेश तीनका सांसद शानित प्रसाद पौडेलले जिल्लामा रहेको सम्भावीत जलासययुक्त विद्युत आयोजनाहरुको निर्माणमा प्रदेश सरकार लाग्नुपर्ने बताए ।
उनले प्रदेश नम्बर तीन भित्र नदी करिडोरमा निर्माण सुरु भएका सडकलाई पुरा गर्नुेपर्ने बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले चालु र आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम निर्माणका लागि तीन नम्बर प्रदेशभित्रका १३ वटै जिल्लामा अन्तरक्रिया एवं तथ्याङक संकलन कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा आन्तरिक तथा कानुनु मन्त्रालयका शाखा अधिकृत विष्णु कुमार महत , उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालयका शाखा अधिकृत रामशरण गौतम, कृषि भुमि सुधार तथा सहकारी मन्त्रालयका उपसचिव डा. जगत बहादुर सिम्खडा , सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत दिपेन्द्रराज श्रेष्ठ ,र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयकी सचिव इन्दीरा दाहालले आआफ्नो मन्त्रालयको अवस्था र सम्पादन गरको कामका बारेमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा रामेछापका ८ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले आगामि आर्थिक बर्षको बजेत र योजना मनिर्माणका लागि सुझाव दिएका थिए ।
प्रदेश ३ को सवै जिल्ला सदरमुकामदेखी गाउँपालिका केन्द्रसम्म सडक पिच हुन्छ: मन्त्री ढुंगेल
- प्रकाशित मिति: बिहिबार, बैशाख २० २०७५
- तामाकोसी खबर