रामेछाप । वैशाख १४ गते,
महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले नेपालको न्याय प्रणालीमा आमूल परिवर्तन भएको दावि गरेका छन् । वर्तमान न्यायप्रणालीमा अनुसन्धानको प्रक्रिया र तरिकाहरु परिवर्तन भएको उनको भनाई छ ।
शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा जिल्ला सरकारी वकीलको कार्यालयको उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले यस्तो बताएका हुन् । महान्यायाधिवक्ता खरेलले न्याय पाउँनबाट कोही बन्चित नहुने बताए । वर्तमान सरकार सवै नागरिकलाई न्याय र सुशासनको प्रत्याभुति गराउन प्रतिवद्ध रहेको उनको भनाई छ । उद्घाटन भएको जिल्ला सरकारी वकीलको कार्यालय भवन १ करोड ८४ लाख १५ हजार २५ रुपैया ७१ पैसा लागतमा निर्माण भएको हो । ३ तला रहेको सो भवन १६ कोठाको छ । नायव महान्याधिवक्ता वद्री प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिस कृष्ण प्रसाद पौडेल, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछाने , नेपाल बार इकाई रामेछापका अध्यक्ष पाण्डव प्रसाई लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपालको न्याय प्रणालीमा आमुल परिवर्तन भएको छ : महान्यायाधिवक्ता खरेल
- प्रकाशित मिति: शुक्रबार, बैशाख १४ २०७५
- तामाकोसी खबर