रामेछाप, चैत्र २८ ।
राष्ट्रिय संगितकर्मी संघ रामेछापको अध्यक्षमा युनिक विफा घिसिङ चयन भएको छ । बुधबार मन्थलीमा आयोजित दोस्रो जिल्ला अधिबेशनबाट घिसिङको नेत्रित्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्षमा चयन पश्चात युनिक विफा घिसिङले सधै संगितकर्मीहरुको हक हितको पक्षमा ओकालत गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
केन्द्रिय प्रथम उपाध्यक्ष राजेन्द्रकुमार कार्कीको प्रमुख आतिथ्यता एवं केन्द्रिय उपाध्यक्ष प्रकाश कटुवालको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कलाकार दुर्गा नारायण श्रेष्ठको सभाध्यक्षमा भएको उद्घाटन सत्रमा संघका सल्लाहकार जगन्नाथ दाहालले कलाकारहरुले अहिले सहि मुल्य पाउन नसकेको प्रति दुख व्यक्त गर्नु भयो । उहाँले राष्ट्रिय संगितकर्मी संघ समग्र कलाकारहरुको अधिकारको पक्षमा आवाज उठाउन सक्ने खालको हुनुपर्नेमा जोड दिनु भयो ।

त्यस्तै अर्का सल्लाहकार लेखबहादुर कार्कीले राष्ट्रिय संगितकर्मी संघ प्रविधिको विकाससंगै नयाँ शिराबाट चल्न सिक्नु पर्ने बताउनु भयो । उहाँले राष्ट्रिय संगितकर्मी संघ रामेछापलाई अगाडी बढ्नमा आफ्नो सधै सहकार्य सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

नयाँ कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश शिवसागर मगर, इश्वरी बस्नेत, सबु बुढाथोकी, तिर्थविरक्त पाख्रिन र लेखबहादुर वि.क. चयन भएका छन् । यस्तै सदस्यहरुमा युनिक भोजराज वि.क., एच वि रसाइली, बैरागी मोक्तान, सन्ध्या सानु, नविना घिसिङ, अम्बरराज सुनुवार, सुरज बुढाथोकी, सन्देश खड्का, सुरुची मगर, दोर्जे लामा र शुशिल बुढाथोकी रहेका छन् ।
कार्यक्रममा रामेछाप जिल्लामा जन्मिएर कलाकारिताको क्षेत्रमा क्रियाशिल कलाकारहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

