रामेछाप, फाल्गुण १७ ।
रामेछाप जिल्ला लगाएत आसपासको जिल्लालाई प्राथमिकता दिई सञ्चालित तामाकोसी अनलाइन डट कम आजबाट दोस्रो वर्षमा प्रबेश गरेको छ । सरगम मिडिया प्रालिद्धारा सञ्चालन भएको उक्त अनलाइनको वि.स. २०७३ साल फाल्गुण महिनाको १७ गते राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले उद्घाटन गरेका थिए ।
तामाकोसी अनलाइन डट कम औपचारिक रुपमा सञ्चालन भएको रामेछाप जिल्लाको पहिलो अनलाइन हो । कम्पनी दर्ता नंम्बर १६७१५३।७३।०७४ मा दर्ता भई १५२३।७३।०७४ नम्बरमा प्रेस काउन्सिलमा दर्ता छ भने सुचना तथा सञ्चार मन्त्रालयको सुचना विभागमा ९६।७३।०७४ नम्बरमा दर्ता छ ।
अनलाइनले स्थानिय समाचारहरुलाई प्राथमिकतामा राखि राष्ट्रिय, अन्तर्राष्ट्रिय, कृषि, खेलकुद तथा लोक सेवा आयोगको विविध पक्षहरुको समाचारहरु प्रकाशन तथा प्रशारण गरिदै आएको छ ।
एक वर्ष सफलतापुर्र्वक पार गरी दोस्रो बर्षमा प्रबेश गरेको अबसरमा अनलाइनका प्रबन्ध निर्देशक युनिक विफा घिसिङले सम्पुर्ण पाठक, ग्राहक, विज्ञापनदाताहरुलाई बधाइ तथा धन्यवाद दिएको छ ।
प्रविधिको विकास संगसंगै छिट्टै काठमान्डौ र मन्थलीमा शसक्त प्रविधियुक्त कार्यालयको ब्यवस्थापन गरिने सरगम मिडिया प्रालिका अध्यक्ष पुर्षाेत्तम कडरियाको भनाई छ ।