रामेछाप । फागुन १३ गते,
रामेछाप सांस्कृतिक कलाकार समाजले रामेछापको उमाकुण्ड गाउँपालिको वाम्तीभण्डारमा हुन लागेकोे सांस्कृतिक महोत्सव २०७४ को बारेमा पत्रकारहरुलाई जानकारी गराएको छ । कलाकार समाजले सदरमुकाम मन्थलीमा आइतबार पत्रकार सम्मेलन गरी उमाकुण्ड गाउँपालिका मुख्य प्रायोजनमा, नव वाम्तीभण्डार बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजना र रामेछाप सांस्कृतिक कलाकार समाजको आयोजनामा हुन लागेको महोत्सवको तयारी बारे जानकारी दिएको हो ।
संस्थाका अध्यक्ष प्रकाश कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
रामेछापको सान, कला र संस्कृति हाम्रो पहिचान उमाकुण्ड वाम्तीभण्डारलाई पर्यटन प्रवद्र्धनका लागि हाम्रो अभियान, भन्ने नाराका साथ महोत्सव यहि फागुन २४ र २५ गते उमाकुण्ड गाउँपालिका २ वाम्तीभण्डारमा कार्यक्रम हुँदैछ । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कला, साहित्य र संस्कृतिलाई फैलाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । रामेछापका सम्पूर्ण स्थानीय तहले यस्ता कार्यक्रम संचालन गर्न सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । बाम्तीभण्डार जस्ता सांस्कृतिक महोत्सवहरुले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान सहयोग गर्ने नगर प्रमुख बस्नेतको भनाई छ ।
कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले सांस्कृतिक महोत्सव २०७४ को तयारी अन्तिम चरणमा पुगेको बताए । उनले महोत्सवमा रेशम थापा, रोज मोक्तान, मरिचमान श्रेष्ठ ( बल्छी ध्रुवे) रमेश दुलाल, सिता थापा, सिर्जु अधिकारी सुशान्त कार्की लगाएतका दर्जनौ कलाकारहरुले आआफ्ना प्रस्तुती दिने जानकारी दिए ।
उनले जिल्लामा कलाकार समाजले पहिलोपटक यस्तो महोत्सव आयोजना गर्न लागेकाले सफल बनाउन सबैको सहयोगको अपेक्षा समेत गरे । कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सचिव लेख बहादुर कार्की, रामेछाप उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव प्रसाद घिमिरे, महासचिव जगन्नाथ दाहाल लगाएतले जिल्लामा हुने यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनको विकास गर्ने बताए ।
उनीहरुले यो महोत्सव सफल बनाउनका लागि सहयोग गर्ने बताउदै सबै स्थानीय तहले पनि यस्ता कार्यक्रमको आयोजना गरी कला, साहित्य र संस्कृतिलाई फैलाउने खालका योजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा रामेछाप सांस्कृतिक कलाकार समाजका पुुर्व अध्यक्ष एवं नेपाल अदिवासी जनजाति चलचित्र महासंघका केन्द्रिय अध्यक्ष अमृत बहादुर सुनुवारले निकै मिहनेतका साथ आपूmहरुले कार्यक्रमको आयोजना गर्न लागेकाले सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा रामेछापका ख्याती प्राप्त कलाकारहरुको पनि सहभागिता रहेको थियो ।
रामेछाप उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ को तयारी अन्तिम चरणमा
- प्रकाशित मिति: आइतबार, फाल्गुन १३ २०७४
- तामाकोसी खबर