रामेछाप र सिन्धुली जिल्लाका जनप्रतिनिधीहरुको प्रतिवद्धताः युवा लक्षित कार्यक्रम अनिवार्य गर्ने

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन १ २०७४
  • तामाकोसी खबर

फाल्गुण १, रामेछाप ।
रामेछाप र सिन्धुली जिल्लाका स्थानिय जनप्रतिनिधीहरुले आफ्नो पालिकामा अनिवार्य रुपमा युवा लक्षित कार्यक्रमहरु संञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् । सिन्धुलीमा माडीमा आइतबार र सोमबार आयोजित युवा क्षेत्रको विकासमा स्थानिय तहको भुमिका र जवाफदेहिता विषयक दुई दिने अभिमुखिकरण कार्यक्रममा उक्त प्रतिबद्धता जनाएका हुन् ।



कार्यक्रममा उनिहरुले युवा निति २०७२ र युथ भिजन २०२५ को बारेमा जनस्तरसम्म पु¥याउनु पर्ने र यसको लागि सधै सहकार्य गर्न चाहेको बताएका थिए । रामेछाप र सिन्धुली जिल्लाका नगरपालिका गाउपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र युवा क्षेत्र हेर्ने वडाध्यक्षहरुको सहभागिता रहेको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले प्रत्येक पालिकामा युवा लक्षित कार्यक्रम अनिवार्य रहेको बताए । उनले दैनिक हजारौको संख्यामा विदेशीने युवाहरुलाई नेपालमै रोक्न युवा उद्यमी कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको जिकिर गरे । राष्ट्रिय युवा परिषदका सचिव महेश प्रसाद दाहालले परिषद सधै युवाको क्षेत्रमा सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

उनले स्थानिय सरकार पालिका रहेकोले युवा विकासमा सबै पक्षको उत्तिकै महत्वपुर्ण भुमिका रहेको बताए । यस्तै कमलामाइ नगरपालिका प्रमुख खडग खत्रिले युवाको क्षेत्रका विकासको लागि नगरपालिकाले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

रामेछापको खाडादेवी गाउपालिका अध्यक्ष प्रेमबहादुर तामाङले युवाको कार्यक्रममा बजेट विनियोजन समेत भइसकेको जानकारी गराए । उनले आफ्नो गाउपालिकाको कार्यक्रमहरु युवा उद्यमी लक्षित रहेको पनि बताए । गोकुलगंगा गाउपालिकाका अध्यक्ष खड्ग सुनुवारले युवा क्षेत्रको विकास नभए सम्म देश विकासको परिकल्पना असम्भव रहेको बताए । युवाको विकासमा शिक्षा नितिलाई परिर्वतन गरी प्राविधिक शिक्षामा जोड दिनु रहेको उनको दावी थियो ।
कार्यक्रमको अन्तमा रामेछाप र सिन्धुली जिल्लाको प्रत्येक गाँउपालिका, नगरपालिकाका प्रमुखहरुले युवा लक्षित कार्यक्रमहरुको मोडालिटि तयार गरी प्रस्तुत गरिका थिए । कार्यक्रमको वल्ड भिजन, भि एस ओ नेपाल र रेस्ट्लेस डेभलपमेन्टको सहयोगमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको थियो ।