सिन्धुपाल्चोक बलेफिमा च्यापिएर एक जना कामदारको मृत्यु

  • प्रकाशित मिति: शुक्रबार, माघ २६ २०७४
  • तामाकोसी खबर

माघ २६,सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका वडा नं.७ खाडीचौर स्थित लामोसाँधु जिरी सडक खण्ड जोड्ने निर्माणधिन पक्की पुलको काम गर्दै गर्दा च्यापिएर एक जना कामदारको मृत्यु भएको छ ।



पुलको बेश प्लेटको जालीले च्यापिएर भारतिय नागरिक ३२ बर्षिय राबेराम बसुन्थरीको घट्नास्थलमा नै मृत्यु भएको हो । यस्तै अन्य २ जना कामदारहरु च्यापि रहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म अँधेरी सिन्धुपाल्चोकको टोलीले उद्धार गरेका छन् ।

शसस्त्र प्रहरी नायव उपरिक्षक सुनिल केशरीको नेत्रित्वमा गएको टोलीले साहासिक विरतापुर्वक २ जनालाई सकुशल जिवितै उद्बार गरेको सशस्त्र प्रहरी जवान अचुत कुमार बोहराले जानकारी दिए ।

घटना भएको सुचना पाउना साथ सशस्त्रको टोली ५ मिनेटमा भित्र उक्त घटनास्थलमा पुगेको थियो । घाईतेको स्थानिय सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ ।