रामेछाप । माघ ६ गते, लेख बहादुर वि.क,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका– ४ बेतालिका कृष्ण कुमार विश्वकर्मालाई स्थानियहरुले २०७३ माघ २२ मा मन्दिर प्रवेशमा रोक लगाए । उनलाई सोही स्थानमा रहेको स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपियाँ जरिबाना गराई रुद्री समेत लगाए । उनलाई थाहा थिएन । मन्दिर जस्तो पवित्र स्थलमा प्रवेश गर्दा यति सम्म हुन्छ भन्ने उनलाई के थाहा । पशुलाई भन्दा पनि तल्लो व्यवहार गर्दा उनलाई नराम्रो लाग्यो ।
बेतालिमा सो घटना घटेपछि विश्वकर्मालाई कहाँ के गर्नुपर्छ भन्ने कुरा थाहाँ थिएन । उनी अन्योलमा थिए यो घटनाको कारबाहि हुन्छ कि हुदैन भनेर । गाउँघरमा यस्ता घटना कम हुदै गहिरहेका बेला आफुमाथि जातकै आघारमा गरिएको विभेदले उनलाई नराम्रो लाग्यो । उनले रामेछाप जिल्लामै संचालित रेडियो तीनला एफएम् ८८.६ मेर्गाहर्ज र तामाकोसी अनलाइमा जातिय विभेद के हो ? जातिय विभेद गर्दा कस्तो कारबाहि
हुने संविधानमा व्यवस्था छ ? जातियविभेद न्युनिकरण सम्बन्धि विभिन्न रेडियोमा कटुवाल रेडियो पत्रिका कार्यक्रम र अनलाइनमा लेखिएका समाचारहरु सुनेका र हेरेका थिए । उनलाई यति भएपछि घटनाको बारेमा बताउन सजिलो भयो । उनले आफुभित्रको पिडा यहि आधारमा सुनाए । उनी स्वयम्ले रेडियो तीनलालमा सम्पर्क गरी यो घटनाको जानकारी गराए । उनले २०७३ माघ २३ गते सो घटनाको बेतालि प्रहरी चौकीमा उजुरी गरे । र २०७३ साल माघ २४ गते प्रहरीले आरोपिलाई गिरफ्तार ग¥यो । यो विषलाई आधार बनाएर तामाकोसी अनलाइन र रेडियोले जोरदार रुपमा समाचारहरु प्रकाशन र प्रसारण भयो । अन्य स्थानीय संचारमाध्यम हरुले पनि जोडतोडका साथ यो घटनालाई प्रथामिकता दिन थाले । घटनाको देशव्यापि रुपमा चर्चा चल्न थालेपछि र संचारमाध्यम हरुले पनि फोकल प्वाइन्ट बनाएर घटनाका बारेमा समाचार र कार्यक्रम प्रसारण गर्न थालेपछि प्रहरीले पनि आफ्नो सक्रियता बढायो ।
घटनाको बारेमा सहि के हो भनि पिडित कृष्ण कुमार विश्वकर्मा को आवाज रेडियो तिनलाल एफ् एम को लैङ्गिक समानता र समाजिक समावेशिकरण तथा जातिय विभेद अन्त्य गर्ने उदेश्यले जागरण मिडियाको आर्थिक सहयोगमा संचालित कार्यक्रम कटुवाल रेडियो पत्रिकामा प्रसारण भयो र उनको आवाज रेडियो तिनलालको समाचारमा पनि प्रसारण भयो । त्यसपछि यो घटनाले सबत्र चर्चा पाउन थाल्यो । चिया पसल देखि राजतितिक दलका वैठक सम्म यो घटनाले स्थान पाउन थाल्यो । रामेछापमा दलित अधिकारकर्मी पनि सक्रिय भएर लाग्न थाले । कृष्ण कुमार विश्वकर्मा लाई पनि अब आफूले न्याय पाउछु कि भन्ने आशा लाग्यो । आफुले जस्तो जातका आधारमा गरिने दुव्र्यवहार अरुले भोग्न नपरोस् भन्ने उनलाई लाग्यो ।
त्यस पछि रामेछाप जिल्ला अदातमा यो घटना दर्ता भयो । अदालतले जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला २०७३ पोष १६ गते ग¥यो । साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भरायो । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गर्यो । अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने निर्णय पनि ग¥यो । अदालतले सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले दण्ड सजाय तोक्यो । विश्वकर्मालाई आफुले न्याए पाएकोमा खुसी लाग्यो । उनले अरुले पनि यस्तो जातिय दुव्र्यवहार अरुले पनि भोग्न नपरोस् भन्ने लाग्यो ।

