रामेछापको मन्थलीमा स्वास्थ्य विमा दर्ता सहयोगी तालिम

  • प्रकाशित मिति: आइतबार, पुष २३ २०७४
  • तामाकोसी खबर

रामेछाप । पौष २३ गते,
रामेछाप जिल्लामा यहि पौष महिना भित्र सुरु हुने स्वास्थ्य विमा कार्यक्रमका लागि आईतबारवाट दर्ता सहयोगी तालिम सुरु भएको छ । स्वास्थ्य विमा गर्न घरघरमा पुग्ने व्यक्तिहरुलाई नेपाल सरकारको स्वास्थ्य विमा बोर्डले तालिमको आयोजना गरेको हो । विमा गर्ने व्यक्तिको नाम बिवरण लिन तालिम पछि दर्ता सहयोगीहरु रामेछाप जिल्लाका प्रत्यक नागरिकको घरमा पुग्ने छन् । ३ दिन सम्म संचालन हुने तालिममा स्वास्थ्य विमा गराउनुको उद्देश्य र विमा गराउने तरिकाको बारेमा प्राविधिक ज्ञान समेत दिइने जिल्ला स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य निरिक्षक केशवराज फुयालले जानकारी दिए । तालिममा रामेछाप जिल्लाको ६४ वडाका ६४ जना दर्ता सहयोगीहरुको सहभागिता रहेको छ । सो तालिममा जनस्वास्थ्य प्रशासक मंगला मानन्धर , स्वास्थ्य विमा वोर्डका प्रशिक्षक माधव विष्ट, स्वथ्य विमा वोर्डका हेल्थ असिष्टेन्ट दिर्ग बोगटीले प्रशिक्षण दिईरहनुभएको जनस्वास्थ्य निरिक्षक फुयालले बताए ।