महिला कर्मचारीमाथि अभद्र व्यवहार गर्ने कार्यालय प्रमुख पक्राउ

  • प्रकाशित मिति: शनिबार, पुष २२ २०७४
  • तामाकोसी खबर

पौष २२, उदयपुर । गाईघाटस्थित यातायात व्यवस्था सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

बिहीबार छड्के अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलसहितको टोलीलाई  महिला कर्मचारीहरुले मादक पदार्थ सेवन गरी प्रमुख तिम्सिनाले आफुहरु माथि अभद्र व्यहार गर्ने गरेको बताएका थिए ।



प्रमुख जिल्ला अधिकारी कँडेलको टोलीले अनुगमन गर्दा कार्यालयमा नभेटीएका तिम्सिनालाई बिहीबार गैरुनस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले रक्सी खाएर कार्यालय आएका प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलामाथि अभद्र व्यवहार गर्ने र अश्लील शब्द बोल्ने गरेको टोलीलाई बताएकी थिईन् ।

प्रजिअ कँडेलले महिला कर्मचारी माथि अभद्र व्यवहार गर्न तिम्सिनालाई विभागीय कारबाही गर्ने बताएका छन् । ‘विभागीय कारबाहीका हुन्छ । तत्काललाई नयाँ कार्यालय प्रमुख पठाउन यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छु’ प्रजिअ कँडेल भने ।

-महिला खबर-