दोरम्बा गाउँपालिका बन्यो रामेछापको पहिलो खुला दिशामुक्त गाउँपालिका

  • प्रकाशित मिति: शुक्रबार, पुष २१ २०७४
  • तामाकोसी खबर

रामेछाप । पुस २१ गते,कैलाश खत्री,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका जिल्लाकै पहिलो खुला दिशामसक्त गाउँपालिका भएको छ । शुक्रबार लखनपुरको थापागाउँमा आयोजित एक कार्यक्रममा गाउँपालिकालाई जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले खुला दिशामुक्त गाउँपालिका घोषणा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा लखनपुरका १ हजार ७ सय ११ घरधुरीमा पक्की सौचालय बनेसंगै गाउँपालिकाको ६ र ७ नम्बर वडा पर्ने साविकको लखनपुर गाउँ समेत खुला दिशामुक्त बनेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खड्काले जिल्ला खानेपानी तथा सरसफाई कार्यालय रामेछापका प्रतिनिधि बखत बहादुर थापा , स्थानीय महिला स्वास्थ्य स्वयम सेविका , सवल परियोजना , सृजनशिल युवा समाज चिसापानी , पहाडी समाज कल्याण केन्द्र दोरम्बा , गैर सरकारी संस्था महासंघ रामेछाप र दोरम्बा गाउँपालिकाका ७ वटै वडाका अध्यक्षहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सल्लाहाकार सदस्य तुला प्रसाद कडेल, जिल्ला सचिव आनन्द श्रेष्ठ , जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की , सवल परियोजनाका केन्द्रीय कार्यालयका प्रमुख सन्तोष बस्नेत, गैर सरकारी संस्था महासंघका उपाध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले बोलेका थिए ।