रामेछाप । पौष १८ गते,
घर निर्माणका सामाग्रीको मुल्य आकाशिएपछि रामेछाप जिल्लाका उपभोक्ताहरु मारमा परेका छन् । रड, सिमेन्ट,जस्तापाता, काँटी किला लगाएतका निर्माणका लागि आवश्यक पर्ने सामाग्रीहरुको भाउँ एकाएक बढेपछि उपभोक्ताहरु चर्काे मुल्य तिर्न बाध्य भएका हुन् ।
पुस मसान्तसम्म निजि आवास निर्माणका लागि दोस्रो किस्ता लिसक्नुपर्ने सरकारी व्यवस्थाका कारण यतिबेला रामेछापमा ठुलो मात्रामा निर्माण सामाग्रीको माग रहेको छ । जिल्लाको विकट गाउँबाट मानिसहरु घर निर्माणका सामाग्री किन्नका लागि सदरमुकाम मन्थली आइरहेका छन् । केहिदिन अघि सम्म प्रतिबोरा ८ सयदेखी ९ सय पर्ने सिमेन्टको भाउ बढेर अहिले ११ सय सम्म पुगेको छ । त्यस्तै रड लगाएत निर्माणका लागि आवश्यक अन्य सामाग्रीको भाउँ बढेर छोईनसक्नु छ । २०७२ सलको महाभूकम्पका कारण रामेछापमा झण्डै ५० हजार घर भत्किएको छ । त्यमध्य हाल सम्म लगभग ८ हजार घरहरु ठडिएका छन्् ।
रामेछापम निर्माण सामाग्रीको मुल्य आकाशीयो,
- प्रकाशित मिति: मंगलबार, पुष १८ २०७४
- तामाकोसी खबर