रामेछाप । पुस १६ गते,
जिल्ला अदालत रामेछापले जातिय विभेद गरेको आरोपमा ४ जनालाई जरिवाना गराउने फैसला गरेको छ । साथै घटनाका पीडितलाई अदालतले क्षतिपूर्ति समेत भराएको छ ।
जिल्ला अदालत रामेछापका जिल्ला न्यायाधिश कृयष्णप्रसा पौडेलको इजालसले आइतबार सो फैसला सुनाएको हो । गोकुलगंगा गाउँपालिका– ४ को बेतालिका का ४० वर्षीय कृष्णकुमार बिश्वकर्मालाई मन्दिरमा प्रवेश गरेको आरोपमा जातिय विभेद गर्ने सोही स्थानका ४ जनालाई अदालतले दण्डित गरेको हो । उनीहरुलाई जनही २ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । अदालतले पीडितलाई पीडकहरुबाट २५ हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको छ । विकलाई गएको माघ २२ गते स्थानीय शेराकाली मन्दिरभित्र प्रवेश गरेको आरोपमा मन्दिरका पूजारीहरु छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ५ हजार रुपियाँ जरिबाना गराई रुद्री लगाएका थिए । उनीहरुलाई सो कार्य गराउन निर्देशन दिने सोही स्थानका गुञ्जबहादुर कार्की र मकरनाथ जोगीलाई पनि अदातलतले दण्ड सजाय तोकेको छ ।
मन्दिर पस्दा ५ हजार तिरेका बेतालीका कृष्ण बहादुर विकले २५ हजार क्षतिपूर्ति पाउने
- प्रकाशित मिति: आइतबार, पुष १६ २०७४
- तामाकोसी खबर