चिसो बढे संगै रामेछापमा विरामी बढ्यो

  • प्रकाशित मिति: शनिबार, पुष १५ २०७४
  • तामाकोसी खबर
रामेछाप । पुस १५ गते,
चिसो बढे संगै रामेछाप जिल्लाको स्वास्थ्य संस्थाहरुमा बिरामीको सङख्या पनि बढेको छ । जिल्ला अस्पताल रामेछाप लगाएत सदरमुकाम मन्थलीका अस्पतालहरुमा मौसमी रुघाखोकी , ज्वरो , निमोनिया , श्वास प्रश्वास , प्रेशसर लगाएतका बिरामी बढ्न थालेको स्वास्थ्य कर्मीहरुले बताएका छन् । चिसोले बालबालबालिका, बृद्ध बृद्धा र दमका रोगीहरुलाई धेरै असर गर्ने भएकाले न्याने कपाडा लगाएर खानपानमा ध्यान दिन स्वास्थ्य कर्मीहरुको सुझाव छ । स्वास्थ्यकर्मीहरुले बालबालिका , वृद्धवृद्धालाई धुलो र धुवाँबाट जोगाउँन सुभाव दिएका छन् । रामेछापको पुरानो सदरमुकाम मन्थलीमा रहेको जिल्ला अस्पताल लगाएत सदरमुकाम मन्थलीमा रहेको सबै अस्पतालहरुमा रुघाखोकी , ज्वरो , निमोनिया , श्वास प्रश्वास लगाएतका बिरामीहरु बढेको छ । जाडोको समयमा पनि मानव शरिरलाई धेरै पानीको आवश्यकता पर्ने भएकाले मनतातो बनाएर प्रसस्त पानी पिउँन पनि स्वास्थ्य कर्मीहरुले सुझाव दिएका छन् ।