१२ पुस २०७४ विषयगत प्रश्नोत्तर (लोक सेवा खुराग )

  • प्रकाशित मिति: बुधबार, पुष १२ २०७४
  • तामाकोसी खबर

१. नेपालको संविधानमा थप भएका मौलिक हक के–के हुन् ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधान (२०७२) को धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था छ । नेपालको अन्तरिम संविधान, २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था थियो । यसरी हेर्दा वर्तमान नेपालको संविधानमा १० वटा मौलिक हक थप भएका छन् तर संविधानमा सातवटा मात्र नयाँ मौलिक हक थप भएका छन् भने बाँकी तीनवटा मौलिक हक परिमार्जन गरेर थप भएका छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

पूर्णरुपमा थप भएका मौलिक हकः
– सम्मानपूर्वक बाँच्न पाउने हक धारा १६
– अपराध पीडितको हक धारा २१
– खाद्य सम्बन्धी हक धारा ३६
– आवासको हक धारा ३७
– दलितको हक धारा ४०
– ज्येष्ठ नागरिकको हक धारा ४१
– उपभोक्ताको हक धारा ४४

परिमार्जन गरेर थप भएका मौलिक हक
– भाषा तथा संस्कृतिको हक धारा ३२
– स्वास्थ्य सम्बन्धी हक धारा ३५
– सामाजिक सुरक्षाको हक धारा ४३



२. वाणिज्य बैङ्क भनेको के हो ? वाणिज्य बैङ्कका उद्देश्य लेख्नुहोस् ।

सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, भुक्तानी गर्ने, कर्जा प्रदान गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्ने जस्ता कार्य गरी मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बैङ्क भनिन्छ । यसको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । यो केन्द्रीय बैङ्कबाट अनुमति लिई स्थापना हुन्छ ।

वाणिज्य बैैङ्कका उद्देश्य

– निक्षेप स्वीकार गर्नु,
– कर्जा प्रदान गर्नु,
– मुनाफा आर्जन गर्नु,
– मौद्रिक नीति कार्यान्वयन गर्नु,
– आर्थिक विकासमा सहयोग गर्नु,
– आधुनिक बैङ्किङ सेवा उपलव्ध गराउनु,

३. उपभोक्ता हित संरक्षण गर्न विक्रेताले के–कस्ता विषयमा ध्यान दिनुपर्दछ ? लेख्नुहोस् ।

एपभोक्त हित संरक्षण गर्न बिक्रेताले दोहायका विषयमा ध्यान दिनुपर्दछः

– थोक वा खुद्रा बिक्रेताले अनिवार्य बिक्री बिल दिने,
– उपभोग्य मिति उल्लेख नभएका वस्तु आयात नगर्ने,
– उत्पादन वा आयात भएका वस्तुमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट बुझिने लेबल राख्ने,
– उपभोग्य मिति समाप्त भएका कैफियत देखिएका वस्तु थोक वा खुद्रा बिक्रेताबाट फिर्ता लिने वा नष्ट गर्ने व्यवस्था गर्ने,
– उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदिमा केरमेट नगर्ने, नगराउने,

साभारः गोरखापत्र