रामेछाप । मंसिर २७ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ सावाडाँडामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र गेलुमा औषधीको अभाव हुँदा उपाचारमा आएका विरामीहरु उपाचार विनानै घर फर्कन बाध्य भएका छन् । प्राथामिक स्वास्थ्य केन्द्रले निशुल्क प्रदान गर्ने औषधीमा सिटामोल बाहेक अन्य कुनैपनि औषधी नभएको डा राजेन्द्र भण्डारीले जानकारी दिए ।
मन्थली नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि औषधी किन्ने विषयमा कुनैपनि चासो नदेखाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।
गाविस हुँदाखेरी सहज उपलब्ध हुने औषधी खरिद प्रक्रिया अहिले झन्झटिलो भैरहेको स्वास्थ्यकर्मीले बताएका छन् । साधारण चोटपटकको ड्रेसिङ गर्ने औषधी पनि सकिएको छ भने परिवार नियोजनका अस्थायी साधनहरु डिपो , तीनमहिने सुई र पिल्स लगाएतका औषधीको अभाव भएको महिनौ वितिसकेको छ । मौसमी रुघाँखोकीका विरामीहरु ठुलो सङ्ख्यामा दिनानुदिन आएपनि औषधी अभावले उपाचार नपाई फर्कनेगरेको स्थानीयवासीको भनाई छ ।
त्यस्तै नियमित रुपमा उच्च रक्तचापका विरामीहरुले खानुपर्ने औषधीअभाव हुँदा उच्चरक्तचाप भएका विरामीहरु मार्कामा परेका छन् । औषधी किन्ने विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो नदेखाएको सर्वसाधारण सेवाग्राहीहरले गुनासो गरेका छन् ।
रामेछापको गेलु प्राथामिक स्वास्थ्य केन्द्रमा औषधिको नाममा सिटामोल मात्रै
- प्रकाशित मिति: बुधबार, मंसिर २७ २०७४
- तामाकोसी खबर