रामेछापमा संचालित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अन्तरक्रिया

  • प्रकाशित मिति: शनिबार, मंसिर १६ २०७४
  • तामाकोसी खबर

रामेछाप । मंसिर १६ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको संचालनक समिति, लेखा समिति, उपसमिति तथा कर्मचारी बिचको एक दिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाको गतिविधिका बारेमा संस्थाका व्यवस्थापक रमेश उदाशले जानकारी गराएका थिए । उनले संस्था मार्फत चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्म संचालन गरेको गतिविधिका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी लेखा समितिका तर्फबाट समितिको काम कर्तव्य तथा अधिकारका बारेमा लेखा सुरपरिवेक्षण समितिका भिमसेन थापाले जानकारी गराएका थिए । संस्थाको ऋण उपसमितिले संचालन गर्ने कार्यक्रमका बारेमा ऋण उपसमितिका संयोजक सोमेश थापा, बचत उपसमिति मार्फत संचालन हुने गतिविधिका बारेमा बचत उपसमितिका संयोजक रत्न बहादुर नेवार, महिला उपसमिति मार्फत संचालन हुने गतिविधिका बारेमा महिला उपसमितिका संयोजक कमला कुमारी थपाले सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै शिक्षा उपसमितिका संयोजक नारायाण बहादुर कार्की, युवा उपसमितिका संयोजक जगन्नाथ दाहालले पनि उपसमिति मार्फत संस्थाको वृद्धि विकास र सेवा प्रवाहाका लागि गरिने कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागिहरुलाई संस्थाका उपाध्यक्ष दिपक क्षेत्रीले स्वागत गरेका थिए भने संस्थाका संचालक समितिका सदस्य कुमारी माझीले सहभागिहरुलाई धन्यवाद दिएकी थिईन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष श्याम थापाले संस्थालाई अन्य प्रतिस्पर्धि संस्थाहरुसँग अब्बल बनाउन समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरुले रचनात्मक रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए । उनले सहकारी भनेकै सहकार्य भएकाले संस्थालाई व्यवस्थित बनाउन सबैले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।