तामाकोसी अनलाइन १२ मंसिर २०७४ बस्तुगत प्रश्नोत्तर (लोक सेवा खुराग )

  • प्रकाशित मिति: मंगलबार, मंसिर १२ २०७४
  • तामाकोसी खबर

१) संसारको सबैभन्दा कान्छो देश कुन हो ?
-दक्षिणी सुडान
२) काष्ठमण्डप कुन राजाको पालामा बनेको हो ?
– लक्ष्मी नरसिंह मल्ल
३) माछापुच्छे हिमाल कुन हिम शृङ्खलामा पर्छ ?
-अन्नपुर्ण
४) नेपालको पहिलो जनगणना कुन संस्थाले लिएको थियो ?
– सेन्सस गौश्वारा
५) आसियानको एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?
– लाओस
६) सन् २०१४ विश्वकपको फुटबल को उप बिजेता राष्ट्र कुन हो ?
-अर्जेन्टिना
७) “सबैको कुरा सुन् तर सत्य लाई अंगाल” यो भनाई कसको हो ?
-महात्मा गान्धी
८) एटलान्टिक महासागरमा टाइटानिक नामक विश्व प्रसिद्ध जहाज कहिले डुबेको थिए ?
– सन् १९१२ मा
९) हालसम्म नेपालमा कति प्रकारको नोटहरु प्रचलनमा छ ?
– ११ प्रकार
१०) हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्ला लाई भनिन्छ ?
– मनाङ र मुस्ताङ
११) मध्यम मर्स्याङदी जलविधुत आयोजना कुन देशको सहयोगमा संचालित भएको हो ?
– जर्मनी
१२) सहनशील शुशिला कृतिका लेखक को हुन् ?
– भीमनिधी तिवारी
१३) द्धितीय विश्वयुद्ध कति वर्ष सम्म भएको थियो ?
– ६ वर्ष
१४) पृथ्वी दिवस कहिले मनाइन्छ ?
-अप्रिल २२
१५) भक्तपुरको अन्तिम राजा को थिए ?
– रणजीत मल्ल
१६) “Evening Star” भन्नाले कुन ग्रहलाई भनिन्छ ?
-शुक्र
१७) हैजा कुन किटाणुका कारणले लाग्छ ?
– Vibrio Cholera (भिब्रियो कलेरा)
१८) छालाको लागि प्रसिद्ध जिल्ला कुन हो ?
– दैलेख
१९) UNO को स्थापना कहिले भएको थियो ?
– सन् १९४५ अक्टोबर २४
२०) नेपालमा पहिलो जनगणना कहिले भएको थियो ?
– वि.स.१९६८
२१) नेपालमा हालसम्म कति वटा सार्क सम्मेलन सम्पन भएका छन् ?
– ३ वटा
२२) विश्वको सबैभन्दा ठुलो महादेश कुन हो ?
– एसिया
२३) नेपालको दोस्रो बढी उत्पादन हुने अन्न बाली कुन हो ?
-मकै
२४) नेपालको पहिलो राष्ट्यि निकुञ्ज कुन हो ?
-चितवन राष्ट्रिय निकुञ्ज
२५) छठ पर्व कुन जातिको प्रचलित चाडपर्व हो ?
– मैथली
२६) वि.स. २०७३ को मदन पुरस्कार कसलाई प्रदान गरियो ?
– घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्य
२७) चण्डी नाच कुन जातिको प्रचलित नाच हो ?
– राई
२८) नेपालको एकै नामले दुई तिर बग्ने नदि कुन हो ?
– राप्ती
२९) संसारको चिडियाखाना भनेर चिनिने “सभाना क्षेत्र” कुन महादेशमा रहेको छ ?
– अफ्रिका
३०) विश्वको सबैभन्दा सानो महादेश कुन हो ?
– अस्ट्रेलिया