रामेछाप । कार्तिक १६ गते,
बहुगुणकारी फल हलुवावेदले बजार नपाउँदा रामेछापका किसानहरु चिन्तित भएका छन् । रामेछापका विभिन्न स्थानमा उत्पादन हुने हलुवावेदले बजार नपाएपछि किसानहरु निरास भएका छन् । रामेछापको फुलासी, पुरानागाउँ, खिम्ति, डडुवा, वेथान लगाएतका स्थानमा उत्पादन हुने हलुवावेद कात्तिक÷मंसिर महिनामा पाक्ने गर्दछ । 
अहिले किसानहरुको बारिमा हलुवावेद लटरम्म पाकेको भए पनि त्यसको बिक्रि गर्ने बजार नपाए पछि किसानहरु चिन्तित भएका छन् । अहिले किसानहरुले उत्पादित हलुवावेद प्रतिगोटा एक रुपैयाँमा पनि बिक्रि गर्न सकेका छैनन् ।
आयुर्वेदमा समेत बहुगुणकारी भनि व्याख्या गरिएकाके फल हलुवा वेद विभिन्न रोगको समेत औषधि हुने गर्दछ । फल एकै पटक पाक्ने र पाकेपछि बाहिर लैजान गारो हुने भएकोले पनि किसानहरुले हलुवावेद विक्रि गर्न सकेका छैनन् । हलुवावेद बिक्रि नभए पछि किसानहरुले उत्पादित हलुवावेद वस्तुलाई कुँडो खुवाउन र रक्सि बनाउन प्रयोग गरिरहेका छन् । स्थानीय स्तरमा नै हलुवावेद प्रसोधन गरी जाम, जुस, जेलि तथा वाइन उत्पादन गर्न सके आपूmहरुले राम्रो आम्दानी गर्ने र उत्पादित फल पनि सदुपयोग हुने किसानहरुको भनाई छ ।