काठमाण्डौं । कार्तिक १४ गते,
प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोवाबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पठाएको हो । ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीवजार कारागार पठाएको हो । उनलाई सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि नदिइकन कडा सुरक्षाका बीच कारागार पठाइएको हो । 
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइवीको टोलीले ढुंगेललाइ बिहान ११ बजे सातदोवाटोबाट पक्राउ गरेको थियो । अदालतले ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी फरार थिए । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो । एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् । पक्राउ परेका ढुंगेललाई फैसला कार्यान्यनका लागि अहिले जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत ओखलढुंगाले ढुंगेललाई दोषी ठहर गरेको थियो । २०६६ पुस १९ गते जिल्ला अदालत ओखलढुंगाको सवोच्चले फैसला सदर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।
हत्या आरोपमा फरार भनिएका माओवादी नेता बालकृष्ण ढुंगेल कारागार चलान
- प्रकाशित मिति: मंगलबार, कार्तिक १४ २०७४
- तामाकोसी खबर