रामेछाप । असोज २२ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको साधारण सभामा सचिव सोमेश थापाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जगन्नाथ दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव थापाले प्रस्तुत गरेको प्र

तिवेदनमा संस्थाका शेयर सदस्य सङ्ख्या ४ हजार ४ सय ९४ पुगेको उल्लेख गरिएको छ । यसैगरी संस्थाको चुक्ता शेयर २ करोड २३ लाख १३ हजार , बचत रकम २० करोड ८४ लाख २७ हजार र ऋण लगानि २१ करोड २६ लाख ७० हजार रहेको उल्लेख छ । संस्थाको जगेडा कोषमा २ करोड २४ लाख ५१ हजार र अन्य कोषमा ६४ लाख ४८ हजार रहेको उल्लेख गरिएको छ । संस्थाले यो बर्ष ७२ लाख २१ हजार कुल नाफा आर्जन गरेको संस्थाका कोषध्यक्ष जगन्नाथ दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।