असोज ९, मन्थली ।
रामेछाप नगरपालिका २ देउरालीमा स्थापना भएको देउराली प्रगतिशिल युवा समाजले छोटो समयमै उदाहरणिय काम गर्दै आएको छ । आउने असोज ११ गते देउरालीकै मृगौला पिडितलाई सहयोग रकम हस्तान्तरण गर्दै थप सामाजिक कार्य गर्ने आयोजकले जनाएको छ ।
संस्थाको उद्घाटन तथा दशै तिहार विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरी देउराली लाम्टे निबासी मृगौला पिडित राममाया मगरलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्ने समाजका अध्यक्ष हरि बहादुर काफ्ले मगरले बताए । समाजले विभिन्न सहयोगीदाताहरु सहकार्य गरी आर्थिक रकम संङकलन गरिदै आएको आयोजकको भनाई छ । साथै उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु बाल कुमार श्रेष्ठ, नविना घिसिङ, तिर्थ विरक्त पाख्रिन, हरि बहादुर काफ्ले मगर, रामविपि मगर, बालकृष्ण गुरुङ, श्याम कुमार दर्लामी मगर, अस्मिता राना मगर ,पार्वती माझी, खमेश श्रेष्ठ, दिपक सुनुवार लगाएतका कलाकारहरुको बेजोड कला प्रस्तुति रहने जनाएको छ ।
सृजनशिल फोटो स्टुडियो तथा साउण्ड सर्भिसको प्रायोजनमा रहेको उक्त बृहत सास्कृतिक कार्यक्रमको रेडियो तिनलाल एफएम ८८.६ मेगाहर्ज मन्थली र तामाकोसी अनलाइन डट कम मिडिया पार्टर रहेको आयोजक संस्थाले जनाएको छ । समाजले केहि महिना अगाडी पनि देउरालीमा भुकम्प पिडित तथा न्यून आय भएकाहरुको लागि सहयोग हस्तान्तरण गरिएको थियो ।