रामेछाप सास्कृतिक कलाकार समाजले बृहत सास्कृतिक कार्यक्रम गर्दै

  • प्रकाशित मिति: बिहिबार, भाद्र २९ २०७४
  • तामाकोसी खबर

रामेछाप, २९ भदौ ।
रामेछाप सांस्कृतिक कलाकार समाजले दशै तिहारको शुभकामना आदान–प्रदान एवं स्रष्टा सम्मान सहितको बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । समाजका अध्यक्ष प्रकाश कटुवालले भदौ ३१ गते शनिवार स्काई पार्टि प्यालेस सामाखुसी काठमान्डौमा रामेछापका साम्सद एवं गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठद्धारा उद्घाटन गरी बृहत कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको बताउनु भयो ।
कार्यक्रममा रामेछाप जिल्लामा जन्मिएर विभिन्न विद्यामा उत्कृष्ठ हुने व्यक्तिहरुलाई समाजले सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएकोछ । सम्माणित हुनेहरुमा नेपाल विद्युतप्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ, सहसचिव बेदबहादुर कार्की, गायक रोज मोक्तान, मिथिला शर्मा, सिता थापा, राजेन्द्रकुमार कार्की, खेलाडी भावना सुनुवार र समाजसेवी टोपबहादुर कार्की लगाएतका छन् । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समाजका प्रवक्ता कुमार कार्कीले जनाएको छ ।
कार्यक्रमको मिडिया पार्टनरको रुपमा रेडियो तिनलाल एफएम ८८.६ मेगाहर्ज, रामेछाप जिल्लाकै पहिलो अनलाइन तामाकोसी अनलाइन, आर्टिष्ठ अनलाइन, रेडियो तामाकोसी र रामेछाप अनलाइन लगाएतका छन् । “नयाँलाई प्रोत्साहन, पुरानालाई सम्मान, कलाकारिताको उत्थानको लागि हाम्रो अधियान” मुल नारा सहित स्थापना भएको समाजले विगतदेखिनै विभिन्न रचनात्मक कार्यहरु गर्दै आएका छन् ।