रामेछाप । भदौ २५ गते,
नेपाल लोकतान्त्रिक तामाङ संघ रामेछापको जिल्ला अधिबेशन असोज २ गते मन्थलीमा हुने भएको छ । संघको आईतबार मन्थलीमा भएको भेलाले जिल्ला अधिबेशन असोज २ गते सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल लोकतान्त्रिक तामाङ संघ ३ नंम्बर प्रदेश इन्चार्ज तथा पुर्व सभासद शान्ति प्राख्रिनले नेकपा एमाले आवद्ध तामाङहरुलाई एकताबद्ध गराउने उदेश्यले संघ क्रियाशिल रहेको बाताए ।
उनले पार्टिको विचार र कार्यदिशाले एमाले अहिले सवैको प्यारो पार्टि भएको समेत जिकिर गरे । कार्यक्रममा ३ नंम्बर प्रदेश सह इन्चार्ज सुवास लामा, जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दिपा पाख्रिन, खाडादेवी गाउपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, नेकपा एमाले जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, पुर्व क्षेत्रिय अध्यक्ष आसबहादुर तामाङ लगाएत नेकपा एमाले आवद्ध तामाङ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
नेपाल लोकतान्त्रिक तामाङ सघ रामेछापको जिल्ला अधिबेशन असोज २ गते हुने
- प्रकाशित मिति: आइतबार, भाद्र २५ २०७४
- तामाकोसी खबर