हाम्रो पनि मायाँ धेरै छ तर त्यो मायाँले मात्रै हुँदोरहेनछ बेलामा आफुले जानेको बुझेको धेरै कुरा सम्झाइयो तर खै मान्नुभएन अहिले त्यो अबस्थामा काठमाडौ त्यसरी भेटदा मन कटक्क खान्छ
रामेछाप । भदौ २ गते, बिष्णु खड्का ,
रामेछापको उमाकुण्ड गाउँपालिका कुभुकास्थली बाम्दे्र घर बताउने अन्दाजी ४९ बर्षका बिनोद बस्नेत बिरामी भएका कारण कामबाट निकालिए । आफुसँग भएजती पैसाले उपचार गर्दागर्दै पैसा सकिएपछि कति दिन र रात उनले सडकमा भोकै बिताए । टाउकोमा चोट र खुटामा चोट खुट्टा पुरै सुन्निएको कारण चल्न चटपटाउन समेत नसकेको अवस्थामा मानबअधिकारकर्मि तथा सामाजिक अभियानकर्ता दुर्गानाथ दाहाल उनका लागि भगवान संगै औषधी बने । साउन २८ गते काठमाडौ स्थित गौशलाको रातोपुलको छेउमा पुरै खुट्टा सुन्निएर र अन्य रोगले समेत ग्रसित भएर कसैको साहार नपाई सड्कको साहारा लिदैँ मलाई बचाइदिनुस भन्दै छटपटाई रहेका बस्नेतको अबस्था देखेपछी परोपोकारी समाजसेवी दुर्गानाथ दाहालको मन पग्लियो त्यसपछी सिनामंगल स्थित केएमसी अस्पतालमा उपचारको लागि पु¥याए तर विडम्बना कुरुवा र आफन्त नभएपछी अस्पताले बिरामी भर्ना गर्न नमानेपछि दुर्गानाथलाई थप समस्या भयो ।
कतिको ज्यान बचाउँदै आएका दुर्गानाथलाई यो समस्याबाट आफु कतिपनि बिचलित नभई यस्तो अबस्था देखेपछी उनले प्रहरी रिर्पोट बनाई मानब सेवा आश्रय ललितपुर पु¥याए । त्यसपछी त्यहि आश्रममा डाक्टारलाई बोलाई उनको स्वास्थ्य परिक्षण गर्दा डाक्टरले कलेजोमा खराबी देखाएपछी समाजसेवी दुर्गानाथ दाहाल र धर्म प्रसाद पौडेलले ललितपुरको सुमेरु अस्पतालमा लगेर उनलाई उपचार गराउन थाले । डा.बाबुराम पोखरेलले रगतको कारणले कलेजोमा समस्या भएकाले बताउँदै तिनदिन सम्म एन्टिभाइटिक औषधी चलाए र हाल उपचार जारी छ । रामेछापको साविकको कुभुकास्थली हालको उमाकुण्ड गाउँपालिका वडा न. ३ बाम्द्रे उनको स्थाई घर भएको बताइएको छ । तर लामो समयसमम काठमाडौमा बसेको र पारिवारिक सम्बन्ध त्यति राम्रो नभएको बताइएको छ । अहिले पिडीत बिनोद बस्नेत भने वृद्धा आश्रम र परोपोकारी मानवकर्मि तथा सामाजिक अभियानकर्ता दुर्गानाथको सरणमा छन् भने सबैको सहयोग मिलेर आफु कुनै वृद्धा आश्रममा नबसी आफै कमाएर जीवन चलाउन सक्ने बताउछन् ।
उता मानबकर्मि दुर्गानाथ दाहालका अनुसार उनको शारिरीक अबस्था बारेमा बिनोदको बहिनी कमला बस्नेतले जानकारी गराएको बताउछन् ।
बिनोदकी बहिनी कमलालालाई दाईको बारेमा जानकारी गराउँदा
पिडीत बिनोदकी बहिनी कमला बस्नेतका अनुसार आफुहरु सानो हुँदै देखि पिडित बिनोद बस्नेत घरपरिबारमा झगडा गरिराख्ने र पछी काठमाडौ गएको काठमाडौमा बसेको नी धेरै बर्ष भैसक्यो । । हाम्रो पनि मायाँ धेरै छ तर त्यो मायाँले मात्रै हुँदोरहेनछ बेलामा आफुले जानेको बुझेको धेरै कुरा सम्झाइयो तर खै मान्नुभएन अहिले त्यो अबस्थामा काठमाडौ त्यसरी भेटदा मन कटक्क खान्छ । अब काठमाडौ भेटछु चितवन बस्नुहने बिनोदकी बहिनी कमला बस्नेत बताउछन् । साथै उनले दाइ सँग करिब ५ बर्ष भयो सम्पर्क बिहिन भाको यसरी सुचना गरिदिनुभयो तपाइहरुलाई धेरै धन्यबाद दिन चाहान्छु समेत भने । अहिले पिडित बिनोद बस्नेत मानब सेवा आश्रम ललितपुरको संरक्षणमा छन । हो यस्तो अबस्थामा घर परिवारमा सानोतिनो मनमुटाबलाई बिर्सिएर बस्नेतको त्यो दहिनिय अवस्था प्रति सहयोग गरि पहिलाको अवस्थामा ल्याउनु प्रमुख आवश्यकता हो ।