रामेछाप । साउन २२ गते, उमङग मैनाली,
गत असार ३१ गते छत्तेउने खोलामा आएको बाढीबाट पीडित खिम्तीका बालबालिकाहरुलाई सामुदायिक विकास समाज मन्थलीले आर्थिक सहयोग गरेको छ । सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन कुमार घिसिङको अध्यक्षता र महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीको प्रमुख आतिथ्यतामा आईतबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई आर्थिक सहयोग गरिएको हो ।
कार्यक्रममा मृतक, बेपत्ता सहित अँय बाढि पीडित परिवारका गरी दश जना बालबालिकालाई जनही पाँच–पाँच हजारको दरले नगद दिइएको छ ।
कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ नेपाल रामेछापका उपाध्यक्ष भुवन कुमार श्रेष्ठले गैर सरकारी क्षेत्रबाट बाढीपीडितहरुलाई सबैभन्दा पहिला सहयोगका सामग्रीहरु बितरण गरेको दाबी गरे । त्यस्तै सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले सानो रकम भएतापनि पहिलो आवश्यकता पूरा गर्न मद्धत मिल्ने भएकाले संस्थाले राहत रकम वितरण गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं महिला तथा बालबालिका कार्यालय रामेछापका प्रमुख सत्यदेवी अधिकारीले महिला तथा बालबालिकाको लागि निरन्तर कार्य गरिरहेको बताउँदै सुरक्षित बासस्थान पहिलो आवश्यकता भएकाले सुरक्षित स्थानमा बस्न अनुरोध गरे । यसैबिच जिल्ला स्तरीय टोलीले तिल्पुङमा यूनिसेफको सहयोग तथा बाल संरक्षण संबद्र्धन समितिको सिफारिमा अभिभावक गुमाएका बालबालिकाका लागि सामुदायिक विकास समाजले गरेको सहयोगको समेत अनुगमन गरेको छ ।
रामेछापको खिम्तीका बाढि पिडित १० बालबालिकालाई सिडिएसको आर्थिक सहयोगक
- प्रकाशित मिति: आइतबार, साउन २२ २०७४
- तामाकोसी खबर