रामेछाप । असार २८ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पस परिसरमा वृक्षा रोपन गरिएको छ । जिल्ला युवा समिति रामेछापको आयोजनामा क्याम्पसको परिसरमा बुधबार गरिएको वृक्षरोपणमा विभिन्न जातका करिब २ सय विरुवा रोपिएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा , जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम , जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक कुमोद ढुंगेल , गैरसरकारी संस्था महासंघ रामेछापका कोषाध्यक्ष रत्न प्रसाद कडेल,मन्थली क्याम्पसका शिक्षक , विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । विद्यार्थीलाई वातावरण मैत्री शिक्षाका लागि विद्यालय क्षेत्रमा नै बृक्षारोपण गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्कीले बताए । स्वच्छ र हराभरा मन्थली बनाउने उदेश्यका साथ विद्यार्थीलाई बोट विरुवाको महत्व बुझाउन स्कुलमा वृक्ष रोपण गरिएको उनको भनाई छ । युवा समितिले बाताबरण स्वच्छ राख्ने उद्देश्यका साथ रोपेको विरुवा अब विद्यालयले रेखदेख गर्ने बताइएको छ ।
मन्थली क्याम्पस परिसरमा २ सय विरुवा रोपियो
- प्रकाशित मिति: बुधबार, असार २८ २०७४
- तामाकोसी खबर