रामेछाप । असार २७ गते,
जिल्ला पशुसेवा कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा संचालित मासु पसलहरुको सोमबार अनुगमन गरेको छ । पशुसेवा कार्यालयका प्रमुख डा. नारायण प्रसाद शर्माको नेत्तृत्वमा गएको अनुमन टोलीले मन्थलीका १४ वटा मासु पसलहरुको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा केहि मासु पसलहरुले सरसफाईमा ध्यान नदिएको पाइएपछि तत्काल सुधार नगरे कारवाही प्रक्रिया अगाडि बढाउने अनुगमन टोलीले चेतावनी दिएको छ । सरसफाई , मासु काट्ने औजार , भण्डारण गृह सुधार गर्नुपर्ने देखिएकाले तत्काललै सुधार गर्न कडा निर्देशन जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. शर्माले बताए । केहि मासु पसलहरुले भने यसअघि अनुगमनका क्रममा दिइएको निर्देशनलाइ पालना गरी मासु पसललाई व्यवस्थित रुपमा संचालन गरिएको डा. शर्माको भनाई छ । मासु पसललाई व्यवस्थित रुपमा संचालन गरे व्यवसायी आफैलाई फाईदा हुने भएकाले यसमा व्यवसायीनै जिम्वेवार हुनु पर्ने उनको भनाई छ । अनुगमन टोलीमा नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री , रामेछाप उदोग वाणिज्य संघका कार्यकारी अधिकृत नविन केसी , सदस्य पवन कठायत , जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा महेश देउवन्जार लगाएतको सहभागिता रहेको थियो ।
मन्थलीमा सञ्चालित मासु पसलको अनुगमन
- प्रकाशित मिति: मंगलबार, असार २७ २०७४
- तामाकोसी खबर