विपि राजमार्ग शुक्रवारबाट पुर्ण रुपमा सञ्चालनमा

  • प्रकाशित मिति: शनिबार, असार १७ २०७४
  • तामाकोसी खबर
असार १७, सिन्धुली। चार महिना पछि विपि राजमार्ग शुक्रवारबाट पुर्ण रुपमा सञ्चालनमा आएको छ । बिहिवार सडक आयोजना र जाईकाको टोलीले पुनःनिर्माण गरिएको सडकको अनुगमन गरेपश्चात सडक सञ्चालनमा ल्याईएको हो ।
जाईकाको आर्थिक सहयोग तथा बनेपा बर्दिबास सडक आयोजनाको सहयोगमा सिन्धुलीको सितलपाटीमा ६० मिटर सडक निर्माण गरि राजमार्ग पुर्ण रुपमा सञ्चालनमा आएको सडक आयोजनाका इन्जिनियर रमेश आचार्यले जानकारी दिए । ३ करोडको लागतमा ६० मिटर सडक अहिले निर्माण गरिएको उनले बताए ।
विगतको भन्दा अहिले ठुलो चौडा भएको सडक निर्माण गरिएको छ । अहिले ६० मिटर लम्माई सडकको चौडाई साढे ५ मिटरको रहेको इन्जिनियर आचार्यले बताए ।  विपि राजमार्ग अन्तरगत वनेपा सिन्धुली सडक खण्डको सुनकोसी गाउँपालीका ६ सितलपाटी वेनीघाट खाल्टेमा पर्ने विपि राजमार्गको सडक फागुन ८ गते राती ११ बजे सुनकोशी नदीमा खसेको थियो ।
अहिले सडक पुनःनिर्माण कार्य सम्पन्न पछि यातायात सञ्चालनमा आएपछि यात्रीलाई सहज भएको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले बताए । अस्थाई ट्र्याक बाट सवारी साधन घण्टौ सम्म जाममा परेर सडक पार गर्नु पर्ने अवस्थाको अन्त्य भएको उनले बताए । अव सहजै राजधानी र पाहाडी, तराईका जिल्लामा आवात जावत गर्न सकिने प्रजिअ कार्कीले बताए । रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, लगाएत पुर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी चल्ने सवारी साधन सहजताका साथ राजमार्गमा सञ्चालनमा आउने भएका छन् ।
१ सय ६० किलोमिटर लम्वाई रहेको बिपी राजमार्ग अन्तर्गत थप विभिन्न २२ ठाउँमा सडक भत्काने उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । जापानबाट आएको टोलीले गरेको सडकको पुर्ण परीक्षणले यस्तो देखाएको हो । पहिचान भएका ठाउँमध्ये १४ लाई उच्च जोखिम र ८ जोखिमयुक्त भनिएको छ । ती ठाउँमा समयमै मर्मत र निर्माण नगर्ने हो भने त्यसले दुर्घटना निम्त्याउने छ ।  न्यून जोखिम युक्त ८ ठाउँको मर्मत नेपाल सरकारले नै गर्ने तयारी गरिरहेको छ ।
@ sindhuli saugat