१४ औ राष्ट्रिय धान दिवसका अवसरमा रामेछापमा धान रोप्ने महात्सव

  • प्रकाशित मिति: बिहिबार, असार १५ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार १५ गते,
बिहिबार १४ औँ राष्ट्रिय धान दिवस रामेछापमा पनि धान रोप्ने महत्सवको आयोजना गरी मनाईएको छ । रामेछापको लिखुगाउँपालिका वडा नम्बर ६ खिम्तीबेशी फाटमा धान रोप्ने महोत्सवको आयोजना गरिएको हो । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको धान रोप्ने कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्का , उपाध्यक्ष दिपशिखा दाहाल , कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र कुमार मल्ल , जिल्ला पशु कार्यालयका प्रमुख  डा. नारायण प्रसाद शर्मा , घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत राजेन्द्र श्रष्ठ ,कोष नियन्त्रक मधु पोखरेल लगाएत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहित गैर सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । धान रोप्ने महत्सवमा सहभागिहरुले नेपालको अर्थतन्त्र सुधार र विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगार दिनका लागि राज्यले कृषि क्षेत्रमा विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।
यसैबिच धान खेतीका लागि प्रख्यात खिम्ती फाँटमा धमाधम बस्ती बस्न थालेपछि भविष्यमा अन्न उत्पादन हुने सो क्षेत्र संकटमा पर्न सम्ने अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य खडानन्द कडरियाले गुणासो गरे । केहि बर्ष अघि सम्म पातलो बस्ती भएको खिम्ती अहिले घना बस्तीको रुपमा विकास भएको छ । राज्यले उचित निति ल्याएर बस्ती विकास गर्नपर्ने उनको सुझाव छ ।