रामेछाप, ९ जेष्ठ ।
रामेछापको पुराना सदरमुकाम रामेछाप बजार आसपासमा झाडापखाला फैंलदा १ सय भन्दा बढि विरामी परेका छन् । विरामी मध्ये १५ जना जिल्ला अस्पतालमा भर्ना भएका छन् भने अरु उपचार पछि घर फर्केको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.प्रकाशप्रसाद शाहले जानकारी दिएको छ ।

डा. शाहका अनुसार रामेछाप नगरपालिकाको वडा नं. ८ वादी, बालमन्दिर र लामाटोलमा विरामी धेरै देखिएका छन् । सोमबारदेखि नै झाडापखाला सुरु भएकोले रोकथामको प्रयास भइरहेको अस्पताल प्रमुख डा.शाहले जानकारी दिएको छ । दुषित पानीको सेवनले झाडापखाला फैलिएको हुन सक्ने आसंका गरिएको छ । पानी परिक्षणको लागि काठमान्डौ पठाएको छ ।