विनासकारी भूकम्प गएको २ वर्ष पुरा , रामेछापमा पुननिर्माण कार्यको समिक्षा

  • प्रकाशित मिति: मंगलबार, बैशाख १२ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख १२ गते
विनासकारी भूकम्प आएको २ वर्ष पुरा भएको दिनको सम्झनामा मंगलबार रामेछापमा पुननिर्माण कार्यको समिक्षा कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको भूकम्प प्रतिकार्य परियोजनाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सो परियोजना अन्तर्गत रामेछापको साविकको रामपुर गाविस र साविकको मन्थली नगरपालिका २ मा भएको कामको प्रगित प्रस्तुत गरिएको थियो । जसअनुसार रामपुरमा रहेक कुल ६ सय ४३ लाभग्राही मध्ये ६ सय २५ जनाले घर निर्माणको सम्झौता गरी पहिलो किस्ता वापतको रकम ५० हजार रुपैयाँ बुझेका छन् । सो गाविसमा १ सय ३३ वटा घर प्राविधिकको प्रत्यक्ष निगरानीमा बनि सकेका छन् । ती मध्ये १ सय ४४ घरले दोस्रो र ४ घरले अन्तिम किस्तार रकम लिई सकेका छन् । सो गाविसमा आप्mनै हिसावले ५८ वटा घर बनेका छन् ।

यसै गरि मन्थली नरपालिकाको साविकको वडा नं २ ४ सय २६ जना लाभग्राही रहेकोमा ३ सय ६६ जनाले पहिला किस्तार रकम लिएका छन् । त्यसैगरी १६ जनाले दोस्रो किस्ता रकम लिएका छन् । परियोजना अन्तर्गत रामपुरमा एउटा खानेपानी योजना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको थियो । सो स्थानमा ८० वटा शौचालयको निर्माण पुरा भएको तथा १ सय ५० वटा बन्दै गरेका । आयआर्जनकाका पनि विभिन्न कामहरु सञ्चालनमा रहेको कार्याक्रममा जानकारी गराइयो ।

रेडक्रसका जिल्ला सभापति शिवकुमार कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पुननिर्माण प्राधिकरण रामेछापका प्रमुख ऋषिराज आचार्यले रामेछाप जिल्लामा ५० हजार घर भत्किएकोमा ४३ हजार ६ सय ९ घर लाभग्राहीको सूचिमा परेको जानकारी दिए । ती मध्ये ४१ हजार ९८ घरधुरीले घर निर्माणको लागि सम्झौता गरि पहिलो किस्ताको रकम ५० हजार रुपैयाँ बुझेको जानकारी दिए । जिल्लामा घर बनाउन सुरु गरेका मध्ये २ हजार ९ सय ७० घरले दास्रो किस्ता रकम माग गरि निवेदन दिएको उनले बताए । तेस्रो किस्ताको लागि ३ सय २३ घरले निवेदन दिएको र रामेछापमा हालसम्म ८ सय ८० वटा घर प्राविधिकको परामर्शमा बनेको उनले जानकारी दिए ।  एकहजार २ सय ४ वटा घरहरु प्राविधिकसँग परमर्श नै नलिई यस अघि नै बनि सकेको पनि उनले जानकारी दिए ।  कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूयबहादुर खत्रीले विगतको पीडालाई विर्सिएर त्यसबाट पाठ सिक अघि बढ्नु पर्नेमा जोड दिए ।