गेलुमा १ करोड ७१ लाख लगानीमा विद्यालय भवन बन्दै

  • प्रकाशित मिति: सोमबार, बैशाख ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । वैशाख ११ गते,कैलाश खत्री ,
रामेछाप जिल्लाको मन्थली नगरपालिका ११ गेलुमा रहेको शारदा माध्यामिक विद्यालयको आधुनीक भवनका निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भूकम्पले क्षतिग्रस्त भएको विद्यालय भवन नेपाल ग्रामिण पुननिर्माण संस्था आरआरएन र जर्मनीको संस्था डब्लुएचएच को संयुक्त प्रयासमा बनिरहेको छ । विद्यालय भवनको सुपरिवेक्षण भने ईर्मजेन्सी आर्किटेक्ट फ्रान्सले गरेको छ ।
३ वटा पक्की आधुनिक भवनमा १४ कोठा हुने छ । सन् २०१७ मे महिनको ३१ तारिखमा सकिने लक्ष्य रहेको सो भवन निर्माण पुरा गर्न करिव १ करोड ७० लाख ८१ हजार १ सय २८ रुपैया खर्च हुने आरआरएन रामेछापका संयोजक होमराज बिसुराले जानकारी दिए । भूकम्पले भवन भत्किए पति विद्यालयले अस्थाई टहरोमा पठनपाठान गर्दै आएको थियो ।