ट्राफिक नियम उल्लंघन : एकै दिन साढे १३ लाख जरिवाना

  • प्रकाशित मिति: शनिबार, बैशाख ९ २०७४
  • तामाकोसी खबर

वैशाख ९ , काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई शुक्रबार एकै दिन साढे १३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।



ट्राफिक नियम उल्लंघन गर्ने २१ सय ९२ जना चालकलाई शुक्रबार कारबाही गरिएको र त्यसबाट साढे १३ लाख रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।  यस्तै हर्न बजाउने, जेब्रा क्रसिङमा सवारी साधन रोक्ने, अवस्था ठीक नभएको गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने, लगायतलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । हर्न बजाउन निषेध गरेपछि दुर्घटना कम भएको ट्राफिक प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा बढी लेन मिच्ने ५ सय ३६ जना रहेका छन् ।