अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास

  • प्रकाशित मिति: शनिबार, बैशाख ९ २०७४
  • तामाकोसी खबर

वैशाख ९, संखुवासभा – संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् ।

संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको हो । अरुण नदीको बहाब अहिले सामान्य छ । नदी थुनिएर बनेको तालबाट बिस्तारै पानीको निकास भइरहेको छ ।



तालबाट पानीको निकास तथा अरुण नदीको बहाब सामान्य भएपनि ताल एक्कासी फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।

यसको प्रभाव पर्न सक्ने भन्दै कोशी नदी आसपासको क्षेत्रका बासिन्दालाई पनि सचेत गराइएको तर अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन तर नआत्तिन आग्रह गरिएको उहाँको भनाई छ ।